९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गुल्मीमा एक जना पुरुष मृत फेला    



गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए ।

रोका मङ्गलवार बिहान घर नजिकै आफ्नै बारीको गरा (सिरान) मा घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी खटिएको छ ।

घटना शङ्कास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी राजन भुजेलको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : २९ बजे