९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गैँडाको आक्रमणबाट मृत्यु



चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ४२ बजे