१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

१८ गतेबाट सदनभित्र पनि नयाँ सङ्घर्ष सुरु गर्ने प्रचण्डको दाबी 



बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ सङ्घर्षको थालनी गरेको जनाउँदै आफ्नो सङ्घर्ष शान्तिपूर्ण भएपनि सशक्त रहने जिकिर गरेका छन् । १८ गतेबाट सदनभित्र पनि नयाँ सङ्घर्ष सुरु गर्ने जनाउँदै उनले जनता हारेको इतिहास नभएको स्पष्ट पारे ।

बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले समानुपातिक र समावेशी संविधान परिवर्तन गर्ने प्रयास भइरहेको तर माओवादीले कुनै पनि हालतमा परिवर्तनका उपलब्धिहरूलाई खोसिन नदिने बताए ।

बाँकेको खजुरा गाउँपालिका स्तरीय पार्टीको अधिवेशनको बिहीबार उद्घाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार सञ्चालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार गरे । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उनले आगामी निर्वाचनमा भ्रष्टाचारीहरूसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्म गरी समीकरण बनेको बताए

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ५४ बजे