९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

काठमाडौँमा तापक्रम बढ्दा तराईमा घट्यो, बिद्यालय फेरी बन्द



सप्तरी । फेरि चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा फेरि ५ दिनका लागि जाडो बिदा थप गरिएको छ ।

तुसारो र शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा फेरि आ देखि ५ दिनका लागि जाडो बिदा थप गरेको हो ।

नगरपालिकाले वर्षे बिदामा कट्टा हुने गरी आज माघ ११ गते शुक्रबारदेखि माघ १५ गते मङ्गलवार सम्म कञ्चनरूप नगरभित्रका सबै विद्यालयहरूमा जाडो बिदा दिएको शिक्षा समितिका संयोजक प्रमोद कटुवालले जानकारी दिनुभयो । यस अघि नगरपालिकाले माघ ४ गते शुक्रबार देखि माघ ९ गते बुधबार सम्म जाडो बिदा दिएको थियो ।

विगत तीन दिनदेखि सप्तरीसहित तराईका जिल्लाहरू दिनभर जस्तो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहान देखी बेलुका सम्मै सितलहर पर्ने ९पानी परे जस्तो हुने० गरेकाले अत्यधिक चिसो बढ्न थालेको छ ।

यस्तो समयमा सकेसम्म घरैमा बस्ने, तातो खानेकुराहरू खाने, न्यानो कपडाहरू लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ५८ बजे