९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बागलुङ र पर्वत जोड्ने कालीण्डकी पुल सञ्चालनमा



बागलुङ । बागलुङ र पर्वत जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको मोटरेवल सञ्चालनमा आएको छ । गत महिना सम्पन्न भएको पुल सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सहज हुने भएको छ । पुल निर्माणका लागि वि।सं। २०७३ असोज ९ मा सम्झौता भए पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण गति महिना सम्पन्न भएको हो ।

पुलको पर्वत खण्डमा पहरो परेकाले ५० मिटर सडक बगाएको र नयाँ निर्माण गरि सञ्चालनमा आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनका अनुसार पुलले बागलुङको जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका ६ जोडेको छ ।

पुल बन्नुभन्दा अगाडि पोखरा पुग्न बागलुङको मालढुङ्गा र मिर्मी पुग्नु पर्ने बाध्यता रहेको सुनाउँदै उनले अब सिधै पर्वत निस्किएर जान सकिने बताए । पोखरा पुग्न एक घण्टा बढी समय छोटिएको उनको भनाई थियो ।

जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए । अहिले पर्वत पट्टीको सडक थप व्यवस्थित बनाइरहेको भन्दै कुश्मा पुग्ने समय पनि छोटिएको उनको भनाइ थियो । पुल १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ५० बजे