९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मुल्यमा सामान्य गिरावट, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : १८ बजे