काठमाडौं ।स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।





