२१ माघ २०८१, सोमबार | Mon Feb 3 2025

चन्द्रागिरि–२का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर,६ महिना कैद र चार लाख जरिवाना हुने फैसला



काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ । तामाङ माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : २६ बजे