२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

ताप्लेजुङको समस्या समाधान वार्ताबाट हुन्छ : नेता भट्टराई



काठमाडौं । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा (मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै उनले स्थानीय स्तरमै केवलकार निर्माण हुनु समृद्धिका लागि आवश्यक रहेको बताए । देशभित्रको लगानीलाई सरकार र स्थानीय जनताले पनि सम्मान गर्नुपर्ने भन्दै उनले सबै राजनीतिक दल, सरकार, स्थानीयविचको आपसी छलफलअनुसार केवलकार निर्माण गर्ने वा नगर्ने विषयमा निक्र्यौल गर्न सकिने चर्चा गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ५५ बजे