काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णिम वाग्लेले राजकीय पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिनिध सभको आजको बैठकमा बोल्दै रास्वपा सांसद वाग्लेले ‘नेपालको जाँचबुझ ऐन अनुसार पूर्वप्रधानन्यायाधीशको संयोजकत्वका राजकीय पद धारण गरेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने धारणा राखे ।
‘चलनचल्तीमा आएका सबै काण्डको एकरएक गरेर संसदीय छानबिन समिति माग्छौं । भुटानी शरणार्थीदेखि कम्बोडिया काण्ड, वाइडबडीदेखि एनसेल, बालुवाटारदेखि गिरिबन्धुसम्म छिनोफानो गर्नुपर्ने हुन्छ ।’ वाग्लेले भने ।
सरकारको ७ महिना देश र जनताको हितमा काम गर्नुपर्ने भन्दा पनि अन्य दललाई सिद्धाउन केन्द्रित भएको आरोप वाग्लेको थियो ।
‘समस्या एकातिर छन् । तर, सरकार एउटा पार्टीको एउटा नेताविरुद्ध लागेको छ । सहकारीको ८८ सय करोडको अपचलनमा हुँदा एउटा व्यक्तिमाथि पछि लाग्नु कति उचित छ ?’ संम्बोधनको क्रमम वाग्लेले भने ।