७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ०५ बजे