९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

केबुलकार निर्माणको विरोधमा बन्द , पूर्वी जिल्लाको जनजीवन प्रभावित



ताप्लेजुङ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्दको आह्वान गरेको छ ।

बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् ।।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ३६ बजे