२१ जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

विवाहको दुई महिनामै बुहारीको हत्या !



बर्दीबास । महोत्तरीको गौशालामा विवाह भएको दुई महिनामा बुहारीको हत्या भएको छ। प्रहरीका अनुसार गौशाला ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको हो। उनको शव गौशालाकै वडा नम्बर ५ स्थित युक्लिप्टिसको सुनसान घारीमा आइतबार अपराह्न फेला परेको थियो। माइती पक्षका अनुसार उनको विवाह दुई महिनाअघि भएको थियो।

खुश्वुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जयसवारका अनुसार खुश्वुको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको उनले बताए ।।

मृतक खुश्वुको माइतीघर महोत्तरीकै समसी गाउँपालिका वडा नं १ पर्सादेवाड हो। त्यहाँका वडाध्यक्ष विपिन यादवले खुश्वुका बुवा लक्ष्मण यादवलाई उद्धृत गर्दै जनाए अनुसार उहाँको विवाह गत मङ्सिर ७ गते गौशाला ८ बेलगाछीका चन्देश्वर यादवको छोरो अभिषेक यादवसँग भएको थियो। हत्या दाइजोको कारण भएको माइती पक्षको आरोप छ।

मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ। प्रहरीले शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखे पनि कसैलाई पक्राउ गरेको छैन।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०५ बजे