काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३।५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको उल्लेख छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा रु।१८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२।१ प्रतिशतले वृद्धि भई रु।२०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।
बढ्यो रेमिट्यान्स
विप्रेषण ९रेमिट्यान्स० आप्रवाह ४।१ प्रतिशतले वृद्धि भएको जनाएको छ । यससँगै साउनदेखि पुससम्मको अवधिमा रेमिट्यान्स रु। ७६३ अर्ब ८ करोड पुगेको बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९।५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु।८३२ अर्ब ७६ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु।७९९ अर्ब ५४ करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ ।
कुल वस्तु निर्यात ३१।८ प्रतिशतले वृद्धि
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१।८ प्रतिशतले वृद्धि भई रु।९८ अर्ब ७९ करोड पुगेको जनाएको छ । बैंकले साउनदेखि पुससम्मको तथ्यांकमा आधारित रहेर सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७।२ प्रतिशतले कमी आएको उल्लेख छ ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६।१ प्रतिशत, १९।७ प्रतिशत र १।० प्रतिशतले वृद्धि भएको छ । यस्तै वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा कुल वस्तु आयात ७।१ प्रतिशतले वृद्धि भई रु।८२२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३।१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५।९ प्रतिशत, ८।९ प्रतिशत र ९।० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा कच्चा भटमास तेल, चामलरधान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको रिपोर्टमा उल्लेख छ ।