काठमाडौं । नेप्से परिसूचक सोमबार झिनो अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो ।
कारोबार रकममा भने कमी आएपनि सोमबार सेयर कारोबार रकममा एक अर्ब सात करोड रुपैयाँले कमी आएको हो ।
आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
सोमबार ९७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।





