९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मानव बेचबिखनको आरोपमा नेपाली कांग्रेस अछामका नेता खनाल पक्राउ



काठमाडौं । मानव बेचबिखनको आरोपमा नेपाली कांग्रेस अछामका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । उनलाई आइतबार कैलालीबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : १८ बजे