२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

एलिना चौहान भन्छिन्- ‘धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ’



काठमाडौं । गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्।

शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।

‘धोकेबाज मलाई भनेको कि गीतरु अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैंको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन्।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्। त्यसपछि उनले के माया लाउँछ ररु गीत गाएकी थिइन्।

यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधिदर्जन गीत गाएकी थिइन्।

गायिका चौहान पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा गरेपछि चर्चामा छिन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ५९ बजे