७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आज पनि संसदको कार्यसूचीमा छैन अध्यादेश



काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१र०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । हिउँदे अधिबेशनको पहिलो बैठकमा प्रस्ताव राखिएको अध्यादेश भने आजको कार्यसूचिमा राखिएको छैन । यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । संसदको दोस्रो दिनको बैठकमा अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचि रहेतापनि कार्यसूचिबाट हटाइएको छ । विपक्षी दलको चर्को आलोचनापछि अध्यापेश स्थगित हुँदै आएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ४५ बजे