काठमाडौं । सोमबार संघीय संसद्का दुवै सभा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ । माघ २४ गतेदेखि स्थगित भएको अध्यादेश आज पनि कार्यसूचिमा राखिएको छैन ।





