२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा, पोखरा नेपालको सर्वाधिक प्रदूषित !



काठमाडौँ । आज काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा देखिएको छ ।

साढे ११ बजे काठमाडौंको एक्युआइ ९वायुको स्वच्छता सूचकांक० १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ।

आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ।

मध्याह्न १२ बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १९४ पुगेको छ ।

यसअघि, बुधबार पनि कास्कीको पोखरा सर्वाधिक प्रदूषित थियो । बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’९एक्यूआई० १७९ पुगेको थियो । ११ बजे पोखराको एक्युआइ २४४.२१ पुगेको थियो।

चितवनको भरतपुरमा बिहान १०ः४३ बजे १६५.०८, काठमाडौंको शंखपार्कमा बिहान १०ः५९ बजे १६१.८४ पुगेको थियो।

एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १ : ४३ बजे