९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुँगुरको छालाबाट जुत्ता बनाएको तथ्य लुकाउने एडिडासलाई १५ हजार डलर जरिवाना



इस्तानबुल । टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख जुत्ताको मोडलमा सुँगुरको छाला भएको जानकारी नदिएको भन्दै १५ हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।

मुस्लिम बहुल देशको विज्ञापन नियामकले एडिडासले हालैका वर्षहरूमा मोडेल केन्डल जेनर र बेला हदिदले प्रयोग गरेको ‘साम्बा ओजी’ जुत्तामा सुँगुरको छाला प्रयोग भएको तर ‘अन्य छाला’बाट बनाइएको भनी वर्णन गरेकोमा आलोचना गर्दै जरिवाना तोकेको हो ।

एडिडासलाई लेखेको र एएफपीलाई जानकारीका लागि प्राप्त रिपोर्ट ९पत्रमा० भनिएको छ, ‘विज्ञापन र उत्पादन विवरणमा बहुसंख्यक समाजको धार्मिक संवेदनशीलताविपरीत सामग्रीको प्रयोग स्पष्ट रूपमा उल्लेख गरिनुपर्छ ।

नियामकले जवाफमा पाँच लाख ५० हजार ५९ लिरा ९१५ हजार २०० अमेरिकी डलर० जरिवाना लगाएको थियो ।

एडिडासलाई एएफपीले प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतिक्रिया दिएन।

सन् २०२० मा टर्कीको प्रेसिडेन्सी अफ रिलिजियस अफेयर्सले जुत्ता वा लुगा बनाउँदा सुँगुरको छाला वा रौँको प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

“सुँगुरको छालालाई ‘ट्यानिङ’ वा यस्तै प्रक्रियाहरूद्वारा शुद्ध बनाउन सकिँदैन भन्ने लगभग सबै मुस्लिम विद्वानहरूको मत रहेको छ,” विज्ञप्तिमा भनिएको छ। रासस\एएफपी

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ५२ बजे