७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’



काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल पर्वतीय देश भएको हिसाबले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारिरहेकाले जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिएका छन्।

आज यस स्किम्स कलेज, पोखरा विश्वविद्यालयमा स्थापित नेपाल क्लाइमेट इनिसिएटिभद्वारा आयोजित ‘पुस्तक विमोचन एवं जलवायु वित्तका लागि जलवायु विज्ञानको अपरिहार्यता’ विषयक कार्यशालामा उहाँले जलवायुले निम्त्याउनसक्ने असरको समाधान गर्न तयार हुनुपर्नेमा जोड दिए ।

“नेपाल आफैँमा विकासोन्मुख देश र पर्वतीय देश भएका हिसाबले जलवायु परिवर्तनका असरहरुले अप्ठ्यारो पारिरहेकाबारे सबैमा सर्वविदितै छ, हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदा पनि जलवायुजन्य असरका कारण पीडा भने बढी भोगिरहेको अवस्था छ”, मन्त्री शाहीले भन्नुभयो, “जलवायु न्याय आज हामी जस्तो देशको टड्कारो आवश्यकता हो, उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुले गरेका जलवायु न्यायका प्रतिबद्धता अक्षरशः पालना गरेको खण्डमा सम्पूर्ण विश्व समुदायले जलवायु परिवर्तनका असरसँग अनुकूलित हुँदै र न्यूनीकरण गर्दै जलवायु मैत्री विकासतर्फ जान सजिलो हुने अवस्था आउनसक्छ ।”

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : २१ बजे