९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कक्षा बाह्रको परीक्षा वैशाखमा



काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ । वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।

परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ५२ बजे