काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ ।





