७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन: नारायणकाजी श्रेष्ठ



काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन्।

प्रेस सेन्टर ताप्लेजुङले बुधबार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउने लागेको स्पष्ट पारेका हुन।

उनले संविधान संशोधन र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सरकारसँग समन्वय भइरहेको पनि बताए।

ुपूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग कुरा भइरहेको छ,ु उनले भने।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : ५९ बजे