८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु५०० र चाँदीमा रु। १० ले वृद्धि भएको छ ।

बुधबार रु। एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु.एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु। एक हजार ९९५ कायम भएको छ । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : ४८ बजे