२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

सङ्घीय संसदबाट अध्यायदेश पारित हुन्छ : सचिव भट्टराई



कर्णाली । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न सङ्घीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे । सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भन्नुभयो । उनले भने, “राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न ।”

यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ती सरकारले ल्याएको जनाउँदै उहाँले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, “विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।” कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए । उनले पछिल्लो समयमा अर्थतन्त्रमा सुधार भएको जनाउनुभयो । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १२ : ०३ बजे