रुकुम पूर्व । रुकुम पुर्वका उच्च हिमाली भुभागमा हिमपात र तल्लो भेगमा वर्षाद सुरु भएको छ । हिमपातसँगै चिसो धेरै बढेको छ । यस वर्ष लामो समय सम्म खडेरी परेको थियो । फाल्गुन महिनामा हिमपात भएपछि किसानहरुमा खुशी भएका छन ।
कार्तिक महिनामा खेतबारीमा छरेको उवा,जौ, गहुँ खडेरीले सुकेको थियोे हिमपात भएपछि किसानहरूको हर्षित भएका हुन ।कार्तिक महिना खेतबारीमा छरेको उवा, जौ, गहुँ यस वर्ष राम्रो हुने आशा किसानहरुमा छ ।आकाशे पानीको भर पर्नुपर्छ यस पटक समयमा हिउँ नपरेकाले बालीनाली सुकेको बुदाले बताए । सुरु वर्षहरूमा २(३ फिटसम्म हिउँ पर्थ्यो तर अहिले खासै पर्दैन् ।जलवायु परिवर्तनले हिउँ पहिला भन्दा छिटो पग्लिन थालेको स्थानीयको भनाइ छ ।
चिसोले उच्च भुभागमा बिहानैदेखि चहलपहल घटेको थियो बेलुका पख देखि हिमपात भएको छ । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । यता, मुस्ताङमा पनि भारी हिमपात भएको छ ।
जिल्लाका हिमाली भेगमा परेको हिउँले हिउँदे बाली सप्रने र पानीको श्रोत समेत नसुक्ने स्थानीयहरु बताउँछन ।
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका(१ खिङ्गा गाउँ क्षेत्रमा परेको हिमपात। हिमपातपछि आइतबार बिहान बस्ती र डाँडाकाँडा सुन्दर र रमणीय देखिएको छ ।
सशस्त्र प्रहरी मुस्ताङका जवानहरुले सडकमा परेको हिउँ पन्छाएर सवारी आवतजावतलाई सहज बनाएका थिए ।।
१२ फाल्गुन २०८१, सोमबार
14
Shares





