१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

पाशुपत क्षेत्रमा कृषि बिकास बैंकले बाढ्यो निःशुल्क खानेपानी



काठमाडौं । कृषि विकास बैंकले पशुपति क्षेत्रमा नि:शुल्क पानी बितरण गरेको छ । बैंकले पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनहरूको सुविधाका लागि स्टल राखी निःशुल्क खानेपानी वितरण गरेको हो। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सेवा प्रदान गरिएको जनाएको छ । मन्दिर दर्शनको लागि लामो समयसम्म लाइनमा बस्दा ब्रतालुहरु शुद्ध पिउनेपानीबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सेवा प्रदान गरिएको हो ।
प्रत्येक वर्ष महाशिवरात्रिको दिन लाखौं भक्तजन पशुपति क्षेत्रमा दर्शन गर्न पुग्ने गर्छन् । दर्शनको लागि पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : १२ बजे