१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

नेप्से ४९ अंकले बढ्यो



काठमाडौं । सेयर बजारको साताको अन्तिम दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले बढेर २,८१५.०४ विन्दुमा बन्द भएको छ ।

आज १८६ कम्पनीको सेयरमूल्य बढेर बन्द भएको छ । यस्तै, ५२ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज गार्डेन माइक्रो इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : १९ बजे