२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले शुक्रवार साँझ ६ः०० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ४४ बजे