१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सेयर बजारमा हरियाली, पछिल्लो ६ महिना यताकै धेरै कारोबार



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक २.६७ प्रतिशतले बढेर २,८९०.२८ विन्दुमा बन्द भएको छ ।

आज १४ अर्ब २५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । यस समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : २० बजे