८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन



सुर्खे । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सर उपचारका क्रममा उहाँ विगत एक वर्षदेखि भारतमा थिए । परिवारका सदस्यले दिनुभएको जानकारी अनुसार उनको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ३७ बजे