१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

माओवादीले बोलायो पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव गणेश साहले बताए ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए ।

माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी स् तराई(मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ५६ बजे