५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँ कायम छ । सोमबार ९फागुन १९० छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ५९ बजे