काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद्अन्तर्गत अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ ।





