काठमाडौं । अमेरिकाबाट चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो ।
उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।





