८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । बिहिबार सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : ४५ बजे