काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका निम्ति निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि. ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई चुनौती दिएका हुन् ।
उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । ओलीले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौती दिए ।
छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निर्वाचन लड्न उनको चुनौती छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने उल्लेख गरे । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए । त्यस्तै उनले राजावादीतर्फ इगिंत गर्दै राजतन्त्र फेरी फर्काउने सपन नदेख्न आग्रह गरेको छन् ।