८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुन तोलामा पाँचसय घट्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २९ बजे