काठमाडौं । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश समयसीमाभित्रै संसद्बाट पारित गरिने बताएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै उनले सत्तारूढ दलमा विस्तृत छलफल गर्नुपर्ने भएकाले पाँच अध्यादेशसँगै भूमि अध्यादेश अघि नबढाइएको बताए ।
“सत्तारूढ दलमा फेरि पनि छलफल गर्नुपर्ने आवश्यकता रहेको, विस्तृत छलफल गर्न समय लिएको मात्रै हो,” उनले भने, “यो हराएको छैन । प्रतिनिधिसभामा नै छ, राष्ट्रियसभामा नै छ । समयसीमाभित्र पारित हुन्छ ।”
उनले प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्नुपर्ने भएकाले समयसीमा बाँकी नै रहेको बताए ।





