७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)



काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले चालु आर्थिक वर्ष २०८१र०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २८ सय।६९ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गुरुङले बताए ।

यसैगरी, सुशासन प्रवर्द्धन तथा सार्वजननिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चत पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री गुरुङले निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१ लाई प्रस्थिापन गर्न बनेको विधेयक सङ्घीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चत पेश गर्नु स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यससँगै सरकारले अन्य विभिन्न १९ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ४५ बजे