काठमाडौं । पूर्वराजाको सक्रियता बढेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनी लक्षित अभिब्यक्ति दिइरहेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले राजावादीको आजको प्रदर्शनबारे त्यस्तो प्रश्न गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै कुर्सीमा लगेर राख्दैमा शासक हुन्छ भनी प्रश्न गरेका छन् ।
“आज पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिन परेन ?” उनले सोधे ।
ओलीले आफू कुर्सीमा बसे राष्ट्रपति ुरामचन्द्र पौडेललाई के गर्नुहुन्छु भन्दै पूर्वराजा शाहलाई सोधे । “अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गनुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि रु यो देशमा त राष्ट्रपति छ । चुनेको राष्ट्रपति के गर्नुहुन्छ ?,” ओलीको प्रश्न छ ।
उनले प्रतिनिधिसभाले बहुमतले छानेका प्रधानमन्त्रीबारे जानकारी छैन भनी सोधे । “म अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि क्या हो उहाँहरू ? हामी कुनै बलमिच्याइँका कुरा गर्दैनौँ । विधिका कुरा गर्छौं,” उनले भने ।
प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमति बमोजिम सरकार बनेको र आफूहरुको सहमति बमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याएका थिए ।





