८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य सामान्य बढ्यो



काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ कायम छ । आइतबार ९फागुन २५० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ११ : २४ बजे