८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य तोलामा ६ सय बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ११ : ५० बजे