१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

समाजवादी मोर्चा नेपालले शनिबार राजनीतिक संवाद गर्ने निर्णय



काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा भोलि नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । मोर्चाले भोलि नै पत्रकारसँग पनि अन्तरक्रिया गर्ने भएको छ ।

संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ ।

बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताए । उनले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : ४१ बजे