२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल(मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो । रासस

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ९ : २३ बजे