२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काठमाडौंसहित केही स्थानमा हावाहुरी र वर्षा हुने



काठमाडौं । देशका केही स्थानमा आज ९चैत ३० वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाको सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी छ । यी प्रदेशका थोरै भूभागमा दिउँसो वर्षाको पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा आइतबार बिहान पनि पानी परेको छ ।

अरू पहाडी भूभागका केही स्थानमा समेत वर्षाको सम्भावना छ । “सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “बाँकी पहाडी भूभागका एकरदुई, एकरदुई स्थानमा वर्षाको सम्भावना छ ।”

मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

यस दिन काठमाडौंसहित केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिमबाहेकका सबैजसो भूभागमा हावाहुरीको सम्भावना रहेको उनले जानकारी दिए ।

काठमाडौंमा समेत वर्षाको सम्भावना छ । यहाँ दिउँसोतिर वर्षा हुन सक्ने उनले बताए । काठमाडौंमा आंशिकदेखि साधारणतया बदली ९आकाशमा बादल०को अवस्था रहने उनले जानकारी दिए ।

“बादल आउनेरजाने भइरहन्छ । खण्डित ९कुनै ठाउँमा मात्र० वर्षा हुनसक्छ,” उनले भने, “काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना छ । तर, प्रिमनसुनमा ठ्याक्कै यस्तै हुन्छ भन्न कठिन हुन्छ ।”

कोसीको तराई र पश्चिम लुम्बिनीबाहेकका भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : २७ बजे