काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।





