२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अभिव्यक्तिको बिरोध गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले बिरोध जनाएका हुन् । आइतबारको सभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्यान सकिने बताए ।

उनले सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए । सांसद सिंहले यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन रु भन्दै प्रश्न गरे ।

उनले भने,’हजारौं युवाहरुले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सिमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन प्रमिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्युले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन रु यही दिनको लागि गणतन्त्र ल्याएको हो रु’

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : ३१ बजे